प्रभु बैंकका १५ जना संस्थापकले एकैचोटि १४ लाख १६ हजार कित्ता सेयर बेच्दै

बिजमाण्डू
२०७९ चैत्र १६ गते ११:१३ | Mar 30, 2023
प्रभु बैंकका १५ जना संस्थापकले एकैचोटि १४ लाख १६ हजार कित्ता सेयर बेच्दै


काठमाडौं। प्रभु बैंकले १४ लाख १६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकका विद्यमान १५ जना संस्थापकले आफ्नो स्वामित्त्वमा भएको संस्थापक सेयर बेच्‍न चाहेका हुन्।

Tata
GBIME
NLIC

जसमध्ये सैलेश श्रेष्ठले सर्वाधिक ६ लाख कित्ता संस्थापक सेयर बिक्रीलाई निवेदन दिएका हुन्। त्यसैगरी डेगेन्द्रकुमार श्रेष्ठले २ लाख कित्ता, धर्मभक्त बल्लले एक लाख ६५ हजार ९१ कित्ता र प्रदिपमान वैद्य एक लाख ३४ हजार २१८ कित्ता बिक्री गर्दैछन्।  

बैंकका विद्यमान संस्थापकलाई बिक्रीका लागि आह्‍वान गरिएको हो। राष्ट्र बैंकको व्यवस्था अनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कायम प्रमोटरहरुलाई नै दिनुपर्ने हुन्छ।

इच्छुकले आगामी ३५ दिनभित्र खरिद गर्न चाहेको कित्ता र आशय मूल्यसहित निवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ। बैंकले बिहीबार सूचना निकालेको हो। तोकिएको म्यादसम्म पर्याप्त खरिदकर्ता नआए बैंकले आम लगानीकर्ता र संस्थालाई सेयर बिक्री गर्ने जनाएको छ।