धितोपत्र बोर्ड अध्यक्ष हमालको दाबी, ‘प्रतिस्पर्धाका लागि सय वटा ब्रोकर चाहिन्छ’

बिजमाण्डू
२०७९ चैत्र १५ गते २१:२७ | Mar 29, 2023
धितोपत्र बोर्ड अध्यक्ष हमालको दाबी, ‘प्रतिस्पर्धाका लागि सय वटा ब्रोकर चाहिन्छ’

काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेपालमा सय वटा ब्रोकर आवश्यक रहेको बताएका छन्। उनले प्रतिस्पर्धाका लागि सय वटा ब्रोकर आवश्यक रहेको जिकिर गरेका हुन्।

Tata
GBIME
Nepal Life

‘भोलि सशक्त ब्रोकर होस् भनेर खुला बजार प्रणाली ल्यायौ। त्यसैले अहिले तीन तहको ब्रोकर भए। जुन विकसित देशहरुमा मात्र छ। त्यही आधारमा नेपालमा सय वटा ब्रोकर आवश्यक छन्,’ हमालले भने। उनले अहिले कारोबार गरिरहेका कम्पनीले क्षमता बढाएर प्रतिस्पर्धामा आउनुपर्ने बताए।

उनले निश्चित कम्पनी भनेर बोर्डले नतोक्ने बताउँदै मापदण्ड पुगेका सबै कम्पनीले लाइसेन्स पाउने दाबी गरे। अहिले ५० वटा स्टक ब्रोकर कम्पनी छन्। बोर्डमा नयाँ ४६ कम्पनीले आवेदन दिएका छन्। तर सर्वोच्च अदालतमा रिट परेका कारण लाइसेन्स दिने प्रक्रिया भने रोकिएको छ।