सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा, एक लाख १४ हजार सेयर किन्न संस्थापकलाई आव्हान



२०७९ चैत्र १४ गते ०८:५५
सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा, एक लाख १४ हजार सेयर किन्न संस्थापकलाई आव्हान


काठमाडौं। सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ। एक लाख १४ हजार ८१३ कित्ता बिक्रीमा राखिएको हो।

Tata
GBIME

बैंकका विद्यमान संस्थापक बिनोदकुमार खेतानले एक लाख चार हजार ८१३ कित्ता र सुधा अग्रवालले १० हजार कित्ता बिक्रीका लागि निवेदन दिएका हुन्।

संस्थापक सेयर बिक्रीका लागि पहिलो प्राथमिकता कायम संस्थापकहरुलाई नै दिइएको छ। आउँदो ३५ दिनभित्र इच्छुकले के कति कित्ता लिने हो र कति मूल्य चुकाउने हो खुलाएर निवेदन पेश गर्नुपर्नेछ। बैंकले सोमबार सूचना निकालेको हो।

तोकिएमो म्यादसम्म पर्याप्त निवेदन नआए बैंकले शिलबन्दि बोलकबोल मार्फत् आम सर्वसाधरण र संस्थालाई सेषर बिक्री गर्ने बताएको छ।