हुन्डाई मोटर्सले भारतमा डिजल इन्जिन गाडी उत्पादन बन्द गर्ने, घटेको थियो व्यापार नै



२०७९ चैत्र १० गते १०:१५
हुन्डाई मोटर्सले भारतमा डिजल इन्जिन गाडी उत्पादन बन्द गर्ने, घटेको थियो व्यापार नै


काठमाडौं। हुन्डाई मोटर इन्डियाले अब भारतीय बजारका लागि डिजेल इन्जिन गाडी उत्पादन नगर्ने भएको छ।

Tata
GBIME

भारतमा सरकारले वातावरणीय मापदण्ड बीएस-६ दोस्रो चरण लागु गर्ने योजना अघि बढाएसँगै हुन्डाईले पनि आफ्नो डिजल भेरियन्टका कुनै पनि गाडी उत्पादन नगर्ने भएको हो। दक्षिण एसियाको बजारका लागि हुन्डाई मोटर्सको भारतमा सवारी उत्पादन प्लान्ट छ।

हुन्डाईले डिजेल इन्जिन भएका ह्याचब्याक र सेडान बिक्री गर्दै आएको छ। त्यसै पनि भारतमा हुन्डाईको डिजल इन्जिन सेडान र ह्याजब्याकको व्यापार पछिल्लो समय घट्दै गएको थियो। डिजल इन्जिन कारको व्यापार सन् २०२० मा ११.४ प्रतिशतबाट १.४ प्रतिशतमा झरेको छ।

यसअघि भारतमा मारुती सुजुकी, स्कोडा फक्सवागन, रेनो र निसान जस्ता अटो ब्रान्डले डिजेल सेग्मेन्टका सवारी उत्पादन बन्द गर्ने घोषणा गरिसकेका छन्।