साढे २ अर्ब लगानीमा वीरगंजमा खुल्यो भाटभटेनीको २४औं आउटलेट



२०७९ चैत्र ९ गते १९:०३
साढे २ अर्ब लगानीमा वीरगंजमा खुल्यो भाटभटेनीको २४औं आउटलेट


काठमाडौं। देशकै ठूलो सुपर मार्केट चेन भाटभटेनीले वीरगंजमा पनि स्टोर संचालनमा ल्याएको छ। बुधबारबाट भाटभटेनीले वीरगंज आउटलेट संचालनमा ल्याएको छ।

Tata
GBIME

भाटभटेनीको २४औं आउटलेटको रुपमा वीरगंजको गण्डकमा नयाँ स्टोर सञ्चालनमा आएको हो।

स्टोरको संरचना खडा गर्न २ अर्ब र समान राख्दा लागत साढे २ अर्ब पुगेको भाटभटेनीले जनाएको छ। वीरगंजको सुपर मार्केटमा २५० जनाले रोजगारी पाउने छन्।

वीरगंज–१४ गण्डक बहुअरीस्थित २ बिगाहा १० कट्ठा क्षेत्रफलमा स्टोर निर्माण भएको छ। २ लाख ५० हजार वर्गफिट क्षेत्रफलको स्टोर अन्डरग्राउण्ड बेसमेन्ट पार्किङसहित ७ तल्लाको भवनमा छ।

यो स्टोर अहिलेसम्मका सबै स्टोरमध्ये भवन तथा सपिङ स्पेसको हिसाबले सबैभन्दा ठूलो भएको कम्पनीका क्षेत्रीय प्रबन्धक विनोद भट्टराईले जानकारी दिएका छन्।

स्टोरमा पेपे पिज्जा, मल्टिप्लेक्स सिनेमा हल, वर्ल्ड क्लास ब्राण्डेड लुगा लगायतका स्टोरहरु छन्। गत जेठ २७ गते भाटभटेनीले धनगढीमा २३औं स्टोर सञ्चालनमा ल्याएको थियो।