
काठमाडौं। नेपालमा विश्व बजारमा भन्दा धेरै विद्युतीय सवारीको प्रयोग बढेको छ। पछिल्लो समय टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपालमा नेक्सन इभी २२०० युनिटभन्दा धेरै बिक्री गरेको छ।
कम्पनीका अनुसार नेक्सन इभीको बिक्री फागुन महिनासम्म २२ सय युनिट बिक्री भएको छ। गाडी उत्पादक कम्पनी टाटा मोटर्सले सुरुसुरुमा राम्रोसँग सप्लाई नगर्दा वेटिङ समय धेरै थियो।
तर केही महिनापछि टाटा मोटर्सले नेक्सन इभीको लागि ठूलो बजार रहेको भन्दै सप्लाई बढाएर मासिक ३०० युनिट पुर्याएको हो। अहिले नेक्सन इभीको वेटिङ समय एक महिनाभन्दा कम रहेको छ।
त्यसपछि, नेपालमा नेक्सन इभीको बिक्रीमा उछाल आएको कम्पनीले जनाएको छ। तर टिगोर इभीमा भने ग्राहकहरुको त्यस्तो क्रेज देखिएको छैन। यस्तै, नेक्सन इभीको बिक्रीमा पनि बैंकले राम्रोसँग ऋण उपलब्ध नगराउदा व्यापार घट्न थालेको कम्पनीले जनाएको छ।
यसैगरी, सिप्रदीले विद्युतीय ट्याक्सीको पनि बिक्री सुरु गरिएको जनाएको छ। यसका लागि हालसम्म कम्पनीले ६ युनिट विद्युतीय ट्याक्सी बिक्री गरेको छ। कम्पनीले अहिले उक्त ट्याक्सी बिक्री गर्नेभन्दा ट्याक्सी संचालनदेखि त्यसका लागि आवश्यक सबै कुरामा तालिम दिइरहेको छ।