अशोक लेल्यान्डको ‘दोस्त’ गाडीमा पाँच वर्षको वारेन्टी, लाइट भेहिकलमा पहिलो भएको दाबी



२०७९ चैत्र २ गते १८:४६
अशोक लेल्यान्डको ‘दोस्त’ गाडीमा पाँच वर्षको वारेन्टी, लाइट भेहिकलमा पहिलो भएको दाबी


काठमाडौं। अशोक लेल्याण्डको आधिकारिक बिक्रेता आइएमई मोटर्सले ग्राहकहरुलाई लक्षित गरि आफ्नो लाइट सवारी साधन (लाइट कमर्सियल भेहिकल) ‘दोस्त’ मा ५ वर्षको वारेन्टी घोषणा गरेको छ।

TATA
GBIME

कम्पनीले यो सवारी साधन उत्पादक कम्पनी आफैंले घोषणा गरेको वास्तविक वारेन्टी रहेको बताएको छ। कम्पनीका अनुसार यो दुर्घटनाको वारेन्टी होइन।

ग्राहकको सन्तुष्टि र ब्रान्डप्रतिको विश्वास बढाउनको लागि उत्पादक कम्पनीले यस्तो सुविधा ल्याएको कम्पनीले जनाएको छ। यो नेपालको एलसीभी अर्थात लाइट कमर्सियल भेहिकलको बजारमा सबैभन्दा प्रतिस्पर्धी वारेन्टी समेत भएको कम्पनीको दाबी छ। 

कम्पनीले प्रदान गर्ने नयाँ वारेन्टी बेस्ट इन सेग्मेन्ट भएको जनाउँदै यसले दोस्तको पर्फमेन्स बढाउन सहयोग गर्ने सबै रेन्जका कम्पोनेन्टहरुलाई यसले कभर गर्ने दाबी छ। यो वारेन्टी अन्तर्गत इन्जिनका साथसाथै पावर स्टेयरिङ बक्स, पावर स्टेयरिङ पम्प, टर्बोचार्जर, फ्युल इन्जेक्सन पम्प र इन्जेक्टर, एयर कम्प्रेसर, इन्टरकुलर/रेडिएटर कोर र कुलिङ फ्यान क्लच जस्ता प्रमुख उपकरण सबैमा कभर हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसका साथै गियरबक्स, रियर र फ्रन्ट एक्सलका साथै इन्जिन वायरिङ, स्टार्टर मोटर, अल्टरनेटर जस्ता इलेक्ट्रिकल कम्पोनेन्ट र इलेक्ट्रोनिक कम्पोनेन्ट युनिट समेत कभर हुने कम्पनीले जनाएको छ।

आइएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले उत्पादक कम्पनीको ५ वर्षे वारेन्टी एलसीभी सेग्मेन्टमै पहिलो र यो सेग्मेन्टकै सबैभन्दा राम्रो रहेको बताए। धेरै कम्पनीहरुले ३ वर्षे वारेन्टी मात्र उपलब्ध गराइरहेको सन्दर्भमा अशोक लेल्यान्डको यो अर्को ठूलो कदम रहेको उनको भनाइ छ।

उनका अनुसार यसले आफ्नो उत्पादनमा विश्वसनियता बढाउनुका साथै ग्राहकलाई थोरै मूल्यमा आफ्नो सवारी साधन सञ्चालन गर्न सहयोग पुर्‍याउँछ।

‘हाम्रो लाइट कमर्सियल भेइकलमा यस प्रकारको नयाँ वारेन्टी अफर उपलब्ध गराउन पाएकोमा हामी निकै नै खुसी छौ,’ उनले भने, ‘जसले गर्दा हाम्रा ग्राहकलाई आफ्नो सवारी साधनमा अझै विश्वसनीय तरिकाले प्रयोग गर्न सहयोग गर्नुका साथै दीर्घकालीन संचालन खर्चमा समेत कमी ल्याउन मद्दत गर्नेछ।’


Sunrise Bank