
काठमाडौं। माघमा मुलुकको विदेशी मुद्रा सञ्चिति सामान्य बढेको छ। चालु वर्षको माघसम्मको तथ्यांक अनुसार कायम सञ्चितिले ९.४ महिनाको वस्तु तथा सेवा खरिद गर्न धान्नेछ।
पुस मसान्तसम्म ९.१ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति थियो।
राष्ट्र बैंकको तथ्यांकअनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति सात महिनामा १३.८ प्रतिशतले बढेर माघ मसान्तमा १३ खर्ब ८३ अर्ब पुगेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति १० अर्ब ५० करोड छ। असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको थियो।