शोधनान्तर बचत १३३ अर्ब पुग्यो, सरकारको चालु खाताको घाटा सामान्य वृद्धि

बिजमाण्डू
२०७९ फागुन २८ गते १२:४० | Mar 12, 2023
शोधनान्तर बचत १३३ अर्ब पुग्यो, सरकारको चालु खाताको घाटा सामान्य वृद्धि


काठमाडौं। माघमा शोधनान्तर बचत ३६ अर्ब ११ करोड रुपैयाँले वृद्धि भएको छ। 

Tata
GBIME
NLIC

राष्ट्र बैंकका अनुसार पोहोरको माघमा २४७ अर्ब ३ करोडले घाटामा रहेको शोधनान्तर स्थिति १३३ अर्ब २१ करोड रुपैयाँले बचतमा पुगेको हो।

पुसको तुलनामा शोधनान्तर बचत ३६ अर्ब ११ करोड रुपैयाँले वृद्धि भएको हो। पुसमा ९७ अर्ब १० करोड रुपैयाँ बचतमा थियो। 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा छ।

सरकारको चालु खाता घाटा भने सामान्य वृद्धि आएको छ।

चालु वर्षको सात महिनामा चालु खाता २९ अर्ब ६४ करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४ खर्ब ११ अर्ब ३४ करोडले घाटामा थियो। पुसमा घाटा २९ अर्ब ४७ करोड थियो।