१४० वटा स्थानबाट ब्रोकर सेवा उपलब्ध हुँदै, कैलाली र महोत्तरीमै दुई ब्रोकरले शाखा खोल्दै

बिजमाण्डू
२०७९ फागुन २६ गते ०९:४१ | Mar 10, 2023
१४० वटा स्थानबाट ब्रोकर सेवा उपलब्ध हुँदै, कैलाली र महोत्तरीमै दुई ब्रोकरले शाखा खोल्दै


काठमाडौं। धितोपत्र बोर्डले ब्रोकर शाखा कार्यालय खोल्ने निर्देशिका, २०७९ लागू गरेको १५ दिन नबित्त्दै ११ वटा ब्रोकर कम्पनीले थप २० वटा स्थानमा शाखा बिस्तार गर्न अनुमति पाएका छन्। बोर्डले ६ वटा सम्म शाखा खोल्न स्वीकृति दिएको हो।

Tata
GBIME

यससँगै कुल ब्रोकर शाखा सञ्जाल १४० वटा स्थानमा बिस्तार भएको छ। भृकुटी सेक्युरिटिजले सर्वाधिक स्थानमा शाखा सञ्चालनको अनुमति पाएको हो। ब्रोकर हाउसले पर्सा, काभ्रे, सुर्खेत, महोत्तरी, म्याग्दी र दोलखामा १/१ वटा शाखा खोल्दैछ।

त्यसैगरी भिजन सेक्युरिटिजले कपिलवस्तु, इलाम र कैलालीबाट सेवा दिनेछ। सुन्धारा सेक्युरिटिजले पनि बारा र चितवनमा शाखा खोल्दैछ। आशुतोष सेक्युरिटिजले सिरहा र गोरखाका लागि अनुमति पाएको हो।

कालिका, त्रिशक्ति, निभ, इम्पेरियल, थ्राइब र क्रिएटिभ सेक्युरिटिजले भने १/१ वटा शाखा थप्दैछन्।

सेयर कारोबार गर्नका लागि ब्रोकरको मध्यस्थता अनिवार्य छ। काठमाडौं केन्द्रित सेयर बजार कारोबारलाई ब्रोकरका शाखाहरुले विभिन्न जिल्लामा विस्तार गर्ने भएका छन्।