आफूखुसी सडकबत्ति जडान नगर्न विद्युत प्राधिकरणको आग्रह, पुरानो पैसा तिर्न माग



२०७९ फागुन २४ गते ०९:०४
आफूखुसी सडकबत्ति जडान नगर्न विद्युत प्राधिकरणको आग्रह, पुरानो पैसा तिर्न माग


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ।

Tata
GBIME

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत् खपत मापनका लागि तत्काल मिटर जडान गर्न आग्रह गरेको हो।

विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै तत्काल भुक्तानी गर्नसमेत प्राधिकरणले सो सूचनामार्फत निर्देशन दिएको छ।

‘सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी बेहोर्नु परेको तथा सडक बत्तीको बाँकी बक्यौता विद्युत् महसुल शीघ्र भुक्तानी गरी दिनुहोला। प्राधिकरणको सहमति नलिई विद्युत् लाइनबाट सडक बत्ती जडान नगर्नुहोला,’ जारी सूचनामा उल्लेख छ ।


Sunrise Bank