
काठमाडौं। एक महिनामा ७३ हजार पर्यटक भित्रिएका छन्। फेब्रुअरी महिनामा यति पर्यटक भित्रिएका हुन्। पर्यटकको संख्या उत्साहजनक रहेपनि कोभिड अगाडिको अवस्थामा भने अझै पुगेको छैन।
सन् २०१९ फेब्रुअरीमा १ लाख २ हजार ४ सय २३ पर्यटक नेपाल आएका थिए। गत वर्षको फेब्रुअरीमा ५० हजार पर्यटक नेपाल आएका थिए।
यो महिना भारत, अमेरिका, थाइल्याण्ड, बेलायत, दक्षिण कोरिया, अष्ट्रेलिया, चाइना, म्यानमार, श्रीलंका, जर्मनी लगायत मुलुकबाट क्रमशः १८,४०२, ७,८८७, ४,८०२, ४,३४५, ३,२४६, २,९६९, २,२६६, २,२३२, २,१७५, २,१०८ पर्यटक आएका छन्।