सरकारी कर्मचारीका मोबाइलबाट टिकटक हटाउने अमेरिकाको निर्णयमा चीनको आपत्ति

बिजमाण्डू
२०७९ फागुन १७ गते १३:३६ | Mar 1, 2023
सरकारी कर्मचारीका मोबाइलबाट टिकटक हटाउने अमेरिकाको निर्णयमा चीनको आपत्ति

काठमाडौँ। अमेरिकी सरकारको सरकारी कर्मचारीहरूको फोनबाट टिकटक हटाउने निर्णयमा चीनले आपत्ति जनाएको छ। 

Tata
GBIME
Nepal Life

ह्‍वाइट हाउसले सोमबार सरकारी एजेन्सीहरूलाई ३० दिनभित्र कर्मचारीहरूले आफ्ना मोबाइलबाट टिकटक एप हटाइसक्न आदेश दिएको थियो। यो कदमलाई अमेरिकाले ‘ओभर रियाक्ट’ गरेको भन्दै चीनले आरोप लगाएको छ। 

केही समययता युरोपियन युनियन र क्यानडाले पनि सरकारी डिभाइसहरूमा टिकटिकमाथि प्रतिबन्ध लगाएका छन्। क्यानडा र युरोपियन युनियनलाई पछ्याउँदै अमेरिकाले पनि त्यस्तै निर्णय लिएको हो। 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले अमेरिकाले विदेशी कम्पनीहरूलाई दबाउन आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन्।

‘हामी ती गलत कार्यहरूको दृढताका साथ विरोध गर्छौं,’ प्रवक्ता माओ निङले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘अमेरिकी सरकारले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तलाई सम्मान गर्नुपर्छ। कम्पनीहरूलाई दबाउन छोड्नु पर्छ र अमेरिकामा विदेशी कम्पनीहरूलाई खुला, निष्पक्ष र भेदभावरहित वातावरण प्रदान गर्नुपर्छ।’

अमेरिका जस्तो विश्वको शीर्ष सुपरपावर पनि युवाहरूको मनपर्ने एपबाट यति डराउनु आफैंमा कत्तिको अनिश्चित हुन सक्छ भनेर उनले प्रश्‍न गरेका छन्।

‍धेरै पश्चिमा मुलुकहरूले टिकटकले प्रयोगकर्ताहरूको डाटा संकलन गरी चिनियाँ सरकारलाई हस्तान्तरण गरेको आरोप लगाउँदै आएका छन्। केही खुफिया एजेन्सीहरूका अनुसार सरकारी उपकरणहरूमा टिकटक एप डाउनलोड गर्दा सरकारको बारेमा संवेदनशील जानकारी पनि डाउनलोड हुन सक्ने खतरा रेहको छ।

यी आरोपहरूलाई नकारदै टिकटकले आफू पनि अरू सामाजिक सञ्जाल कम्पनीहरू जसरी नै काम गर्ने भन्दै आफ्नो सफाइ पेस गर्दै आएको छ। यसले डेटा ट्रान्सभर गर्ने आदेशको कुनै पनि हालतमा पालना नगर्ने पनि बताएको छ।

युएस अफिस अफ म्यानेजमेन्ट र बजेट निर्देशक शालान्डा यंगले सोमबार सरकारी एजेन्सीहरूलाई गोप्य डाटा सुरक्षित गर्न सबै सरकारी फोनहरूबाट एप हटाउन आदेश दिएका थिए। यो निर्देशनले संवेदनशील सरकारी डाटामा टिकटकका कारण हुने जोखिमलाई सम्बोधन गर्न एक महत्वपूर्ण कदम अगाडि बढेको एजेन्सीले जनाएको छ।

ह्‍वाइट हाउस र डिपार्टमेन्ट अफ डिफेन्स, होमल्याण्ड सेक्युरिटी र स्टेट लगायतका केही सरकारी कार्यालयहरूले पहिले नै टिकटकलाई प्रतिबन्धित गरिसकेका छन्। युएस फेडरलका प्रमुख सूचना सुरक्षा अधिकारी क्रिस डेरुशाले यस कदमले बाइडेन प्रशासनको डिजिटल पूर्वाधार सुरक्षित गर्न र अमेरिकी जनताको सुरक्षा र गोपनीयताको रक्षा गर्न जारी प्रतिबद्धतालाई जोड दिएको बताए।

मंगलबारको भएको यस घोषणाले डिसेम्बरमा अमेरिकी प्रतिनिधि सभाले राज्यद्वारा जारी फोनहरूमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको र ह्‍वाइट हाउसलाई एजेन्सी निर्देशनहरू जारी गर्न ६० दिनको समय दिएको कानुन पारित गरेको हो।

कंग्रेस रिपब्लिकनहरूले आगामी हप्ताहरूमा थप कानुन पारित गर्ने अपेक्षा गरेका छन्। जसले राष्ट्रपति जो बाइडेनलाई राष्ट्रिय रूपमा एप प्रतिबन्ध लगाउने शक्ति दिनेछ।

यसमा टिकटकका प्रवक्ताले भने, ‘जब सरकारी उपकरणहरू भन्दा बाहिर टिकटकको बारेमा राष्ट्रिय सुरक्षा चिन्ताहरू सम्बोधन गर्ने कुरा आउँछ। कांग्रेसले लाखौं अमेरिकीहरूको आवाजलाई सेन्सर गर्ने प्रभाव नपर्ने समाधानहरू खोज्नेछ भन्नेमा हामी आशावादी छौं।’

क्यानडाले पनि मंगलबारदेखि सरकारी उपकरणहरूमा एपमा प्रतिबन्ध लगाएको छ। यो निर्णय देशको प्रमुख सूचना अधिकारीद्वारा आयोजित एक समीक्षापछि लागु भएको हो।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यो कदम परिवर्तन आवश्यक रहेको बताए, ‘यो पहिलो कदम हुन सक्छ या यो हामीले लिनु पर्ने एक मात्र कदम पनि हुन सक्छ।’ युरोपेली संसदले गत हप्ता युरोपेली आयोगको कदमपछि कर्मचारीहरुका फोनहरूमा टिकटक एप राख्‍न प्रतिबन्ध लगाएको थियो।

टिकटकका एक प्रवक्ताले यी प्रतिबन्धहरू ‘कुनै पनि विचार-विमर्श बिना अपनाइएको र ‘राजनीतिक नाटकभन्दा अलि बढी’ भएको आरोप लगाए। (बीबीसीबाट साभार)