‘द क्लिफ’ले सुरु गर्‍यो एटीएम सेवा, ग्राहकले प्रभुको एटीएममार्फत कारोबार गर्न सकिने  



२०७९ फागुन १७ गते ११:२४
‘द क्लिफ’ले सुरु गर्‍यो एटीएम सेवा, ग्राहकले प्रभुको एटीएममार्फत कारोबार गर्न सकिने  


काठमाडौं। पर्वतको कुश्मामा साहसिक खेलहरुको व्यवसाय गरिरहेको द क्लिफ नेपालले ग्राहकसेवा लक्षित एटीएम सेवा सुरु गरेको छ।

TATA
GBIME

कम्पनीले प्रभु बैंकको एटीएम सेवा सुरू गरेको हो। पर्यटकको सहजताका लागि एटीएम सेवा सञ्चालनमा ल्याइएको कम्पनीका निर्देशक युवराज जोशीले बताए।

सोमबारबाट संचालनमा आएको एटीएम निर्देशक जोशी र बैंकका प्रतिनिधिले उद्‍घाटन गरेका हुन्। द क्लिफमार्फत राजु कार्की नेतृत्वको टिमले पर्वतको कुश्मामा जीपलाइन, बन्जी, स्काई साइक्लिङ, स्काई क्याफे लगायतका साहसिक गतिविधि सञ्चालन गरिरहेको छ।

देशका बिभिन्न भागबाट पोखरा पुगेका आन्तरिक पर्यटकलाई हिजोआज द क्लिफले कुश्मा आकर्षित गरिरहेको छ। पछिल्लो समय द क्लिफ साहसिक पर्यटनको मुख्य गन्तव्यको रूपमा आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा परिरहेको छ ।


Sunrise Bank