प्रभु बैंकको झन्डै ४७ लाख कित्ता संस्थापक सेयर बोलकबोलबाट बिक्री हुँदै, न्यूनतम १२३ रुपैयाँ

बिजमाण्डू
२०७९ फागुन १२ गते १५:०३ | Feb 24, 2023
प्रभु बैंकको झन्डै ४७ लाख कित्ता संस्थापक सेयर बोलकबोलबाट बिक्री हुँदै, न्यूनतम १२३ रुपैयाँ

काठमाडौं। प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ। बैंकले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको ४६ लाख ७४ हजार ३९६ कित्ता सेयर बिक्री आह्‍वान गरेको हो। सेयर सिलबन्दी बोलकबोल गरी बिक्री हुँदैछ।

Tata
GBIME

उक्त सेयरका लागि जो कोही व्यक्ति अथवा संस्थाले बोलकबोल पेस गर्न सक्नेछन्। विद्यमान संस्थापक सेयरधनीले पनि खरिद गर्न पाउने बताइएको छ।

खरिद गर्न इच्छुकले फागुन २६ गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ। सूचना शुक्रबार जारी भएको हो। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२३ रुपैयाँ तोकिएको छ। कम्तिमा १० हजार कित्ताका लागि आवेदन पेस गर्नु पर्नेछ। सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिने बताइएको छ।

आवेदन फाराम बैंकको बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट प्राप्त गर्न तथा बुझाउन सकिने बैंकले जनाएको छ।