संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरीले ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने

२०७९ फागुन ११ गते ०९:५७
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरीले ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने


काठमाडौं। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरीले ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ।

TATA
GBIME

कार्यालयले बिहीबार एक सूचना जारी गर्दै विभिन्न पुल तथा सडकहरुको काम अलपत्र पारेको भन्दै ठेक्का तोडी कालोसूचीमा राख्ने तयारी थालिएको जनाएको छ।

कार्यालयका अनुसार हिम सगरमाथा/ बी एण्ड बी/ आर वन जेभीले महेन्द्र राजमार्ग र कोशी राजमार्गमा पर्ने पुल तथा सडकको काम अलपत्र पारेको छ। यस्तै स्काई-वाइबा एण्ड लामा- मा जानकी जेभीले पनि अल्ताई होली पुल निर्माण गर्ने काम अलपत्र पारेको कार्यालयले जनाएको छ।

यसैगरी निलगिरी- महाबिर जेभीले टेङ्ग्रा खोला पुल, थालाहा खोला पुलको काम निलगिरी निर्माण सेवाले सम्पन्न गर्न सकेको छैन्। शंकरमलि/ किरातेश्वरले पनि टेङ्ग्रा खोला पुलको काम अलपत्र पारेका छन्। यस्तै सीएम- रमिता-शिभ जेभीले सडक निर्माणको काम अलपत्र पारेको छ।   

कार्यालयले यी निर्माण व्यवसायीलाई पटकपटक मौखिक तथा लिखित पत्र पठाउँदा समेत ती निर्माण कम्पनीले कार्यालयको पत्रलाई बेवास्ता गर्दै आइरहेका थिए। यसका साथै ती निर्माण कम्पनीहरुले निर्माणको काम सम्पन्न गर्न ताकेता नदेखाएको कारण कार्यालयले निर्माण कम्पनीसँग ठेक्का तोड्न र कालोसूचीमा राख्न प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

ठेक्का सम्झौता अन्त्य गरी किन कालोसूचीमा नराख्ने कारण भए निर्माण कम्पनीलाई स्पष्टिकरण पेश गर्न कार्यालयले ७ दिनको समय प्रदान गरिएको छ।


Sunrise Bank