मेन्छियाम हाइड्रोले ल्यायो आइपीओ, आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकालाई आवेदन खुला

बिजमाण्डू
२०७९ फागुन १० गते ०९:१९ | Feb 22, 2023
मेन्छियाम हाइड्रोले ल्यायो आइपीओ, आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकालाई आवेदन खुला

काठमाडौं। मेन्छियाम हाइड्रोपावर लिम‍िटेडले आजदेखि प्राथमिक सेयर बिक्री खुलाएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएकाहरुका लागि आइपीओ बिक्री गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

आयोजना प्रभावित क्षेत्र संखुवासभाका बासिन्दा २ लाख ७१ हजार २९२ कित्ता आइपीओमा आवेदन पेस गर्न सक्नेछन्। त्यस्तै वैदेशिक रोजगारीमा गएकाहरुलाई १ लाख ८ हजार ५१७ कित्ता सेयर दिइने छ।

कम्पनीको सेयरमा कम्तिमा १० र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ। आयोजना प्रभावितहरुले फागुन २५ गतेसम्म आवेदन बुझाउन सक्नेछन्। अपुग भए म्याद चैत ९ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ। तर, वैदेशिक रोजगारीमा गएकाहरुले भने फागुन २५ गतेसम्म आवेदन पेस गरिसक्नुपर्नेछ।

संखुवासभाको पिलुवाखोलामा निर्माण भएको ४.७२ मेगावाटको मेन्छियाम हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेको छ।