भूगोल इनर्जीको आयो आइपीओ, सुरुमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाका लागि

२०७९ फागुन ८ गते ११:०२
भूगोल इनर्जीको आयो आइपीओ, सुरुमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाका लागि


काठमाडौं। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले सोमबारबाट आइपीओ निष्कासन तथा बिक्री खुला गरेको छ।

Tata
GBIME

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोगजारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ५४ करोड ४० लाख बराबरको १० प्रतिशतले हुन आउने ५ करोड ४४ लाख रुपैयाँको ५ लाख ४४ हजार ५३ कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि बिक्री गर्ने भएको हो।

सो सेयर मध्ये आयोजनाको अति प्रभावित अर्थात नौमुले द्वारी-३ दैलेखका स्थानीय बासिन्दाका लगि २ लाख ७२ हजार २६ कित्ता र त्यस बाहेकका स्थानीयका लागि २ लाख ७२ हजार २७ कित्ता छुट्याइएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सर्वसाधरणलाई छुट्याएको सेयरको १० प्रतिशत सेयर बिक्री गर्ने भएको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १० प्रतिशतले हुन आउने १ लाख ८ हजार ८११ कित्ता सेयर बिक्री गर्ने छ।

सो सेयर खरिदका लागि न्यूनतम १० कित्ता र अधिकतम ३० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिन्छ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार सो सेयरमा फागुन २५ गत सम्म आवेदन दिन सकिन्छ। तर सो समयसम्म आयोजना प्रभावितहरुबाट पर्याप्त आवेदन नपरे सेयर बिक्री समय चैत १२ गतेसम्म लम्ब्याइने छ।


Sunrise Bank