नयाँ बसपार्कमा भएको तोडफोड तथा लुटपाटमा संलग्नलाई कारबाही गर्न घरजग्गा व्यवसायीको समेत माग

बिजमाण्डू
२०७९ फागुन ५ गते १४:०३ | Feb 17, 2023
नयाँ बसपार्कमा भएको तोडफोड तथा लुटपाटमा संलग्नलाई कारबाही गर्न घरजग्गा व्यवसायीको समेत माग


काठमाडौं। नयाँ बसपार्क क्षेत्रमा फागुन १ गते भएको लुटपाट तथा तोडफोडमा संलग्नलाई कारबाही गर्न नेपाल जग्गा तथा आवास विकास महासंघले माग गरेको छ।

Tata
GBIME
NLIC

लुटपाट तथा तोडफोडको क्रममा नेपाल जग्गा तथा आवास विकास संघ काठमाडौंका द्वितीय उपाध्यक्ष दिपक कुँवरले निर्माण गरेको ल्होत्से मलमा क्षति पुगेको महासंघले जनाएको छ।

यसका साथै मोबाइल लगायतका सामग्रीहरु लुटपाट भएको भन्दै सरकारसँग आफ्नो पेसा, उद्योग, व्यापार तथा व्यवसाय गर्न पाउने र सम्पत्तिको व्यवसायिक कारोबार गर्न पाउने संविधान प्रदत्त हक तथा स्वतन्त्रताबाट बञ्चित हुनुपर्ने अराजक अवस्था उत्पन्न भएको भन्दै असन्तुष्टि जनाएको छ।

महासंघले यस्ता अराजक एवं निन्दनीय क्रियाकलापमा संलग्न हुने व्यक्तिहरुलाई कानूनको दायरामा ल्याएर हदैसम्मको सजाय गरी पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ।