
भक्तपुर। यातायात मजदुर संगठनले ट्राफिक नियमको विरोध गर्दै भक्तपुरमा प्रदर्शन गरेका छन्। भक्तपुरको जगातीमा भेला भएका यातायात मजदुरहरुले राजमार्ग अवरुद्ध गरेर नाराबाजी गरेका हुन्।

प्रदर्शनरत यातायात मजदुरहरुले केही सार्वजनिक सवारीसाधन र मालवाहक सवारीसाधनलाई रोकेका छन्। काठमाडौंबाट सिन्धुली जान लागेको गाडीलाई रोक्दै उनीहरुले ड्राइभरलाई गाडीबाट निकालेका छन्। उनीहरुले ड्राइभरलाई हड्तालमा आफ्नो साथ दिन भन्दै नाराबाजी गरेका थिए।
.jpg)
त्यसक्रममा ड्राइभर र प्रदर्शनकारीबीच केही बेर सवालजवाफ चलेको थियो। प्रदर्शनकारीहरुले बसबाट यात्रुहरुलाई पनि निकालेका थिए। जसकारण यात्रुहरुबीच बाटोमा बिचल्लीमा परेका छन्।





