‘सेयर बजारप्रति राष्ट्र बैंक नकारात्मक छैन, पुँजी बजारलाई असर पुर्‍याउनु हुँदैन,’ गभर्नर अधिकारी

२०७९ माघ २९ गते २१:५१
‘सेयर बजारप्रति राष्ट्र बैंक नकारात्मक छैन, पुँजी बजारलाई असर पुर्‍याउनु  हुँदैन,’ गभर्नर अधिकारी


काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैक सेयर बजारप्रति नकारात्मक नभएको बताएका छन्।

TATA
GBIME

नेपाल आर्थिक पत्रकार समाज ( सेजन)ले राजधानीमा आइतबार आयोजना गरेको सेजन अवार्ड वितरण तथा ‘नेपाली अर्थतन्त्रको अबको बाटो-२’ सम्मेलनमा गभर्नर अधिकारीले राष्ट्र बैक सेयर बजारप्रति नकारात्मक हुने कुनै कुरा नभएको बताए।

सेयर बजार नियमनको जिम्मेवारी नेपाल धितोपत्र बोर्ड (सेबोन) को रहेको उनले उल्लेख गरे। ‘राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थालाई नियमन गर्ने हो। बाफियामा पर्ने संस्थाहरुलाई नियमन गर्ने हो,’ उनले भने, ‘त्यस्ता संस्थाको नियमले गर्दा कुनै किसिमले असर परेको होला। हामीले पुँजी बजारलाइ असर पुर्‍याउनु हुँदैन।’

मौद्रिक नीतिको अर्ध-वार्षिक समीक्षामा सेयर बजारको विषय नआएकाले उनले बजारमा टिप्पणीहरु भएको हुन सक्ने बताए।गभर्नर अधिकारीले विदेशीको मुद्राको सञ्चितिमा चाप पर्दा केही वस्तुमा आयात प्रतिबन्ध लगाइएको र अहिले प्रतिबन्ध हटिसकेको बताए।                                                                          


Sunrise Bank