ओरियन्टल इन्स्योरेन्सको नाफा ४० प्रतिशतले घट्यो, बीमा शुल्क आर्जन बढेन

बिजमाण्डू
२०७९ माघ २९ गते १२:४५ | Feb 12, 2023
ओरियन्टल इन्स्योरेन्सको नाफा ४० प्रतिशतले घट्यो, बीमा शुल्क आर्जन बढेन

काठमाडौं। ओरियन्टल इन्स्योरेन्स कम्पनीको नाफा घटेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको विवरणअनुसार नाफा घटेको हो।

Tata
GBIME
Nepal Life

नाफा गत वर्षको भन्दा ४० प्रतिशतले घटेको हो। गत वर्षको दोस्रो त्रैमासमा २१ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले यो वर्षको समीक्षा अवधिमा १२ करोड ८६ लाख रुपैयाँमात्र आर्जन गरेको छ।

दोस्रो त्रैमासमा कम्पनीले ४३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। कम्पनीको बीमा शुल्क गत वर्षभन्दा १.८ प्रतिशतले घटेको छ।

कम्पनीले आर्थिक वर्षको ६ महिनामा २७ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अभिकर्ता कमिसनमा ७८ लाख रुपैयाँ खर्चिएको छ।

६४ लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको छ। लगानी कर्जा तथा अन्यबाट ५ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ।
जगेडा कोषमा ३७ करोड ७९ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीको बीमा कोषमा १ अर्ब २२ करोड रुपैयाँ छ।