युनिलिभर नेपालको नाफा ७७.४ प्रतिशत बढ्यो, २ अर्ब २० करोड रुपैयाँको व्यापार

बिजमाण्डू
२०७९ माघ २९ गते ११:२६ | Feb 12, 2023
युनिलिभर नेपालको नाफा ७७.४ प्रतिशत बढ्यो, २ अर्ब २० करोड रुपैयाँको व्यापार

काठमाडौं। बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको नाफा ७७.४ प्रतिशत बढेको छ। नेपाल स्टक एक्सचेन्जको सबैभन्दा मूल्यवान कम्पनी युनिलिभरले चालु आवको दोस्रो त्रैमासमा ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

Tata
GBIME
Nepal Life

पोहोर दोस्रो त्रैमासको नाफा ३१ करोड १४ लाख रुपैयाँमा सीमित थियो। कम्पनीको व्यवसायिक आम्दानीमा सन्तोषजनक सुधार छ।

यो अवधिमा कम्पनीले २ अर्ब २० करोड रुपैयाँ व्यापार गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.८ प्रतिशतको वृद्धि हो। पोहोर कम्पनीले एक अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको थियो।

कम्पनीका अनुसार ९० प्रतिशत नेपालीले उपभोग गर्ने वस्तु कम्पनीले उत्पादन तथा बिक्री गर्दै आएको छ। नेपालमा उपभोग हुने २८ यस्ता ब्राण्ड युनिलिभरले नै उत्पादन गर्ने गर्छ। कम्पनी लक्स, लाइफब्वाय, रिन, ह्‍वील, पोन्ड्स, भ्यासलिन, सनसिल्क, ल्याक्मे, क्लिनिक प्लस, पेप्सोडेन्ट, क्लोजअप लगायत अन्य ब्राण्डको उत्पादन तथा बिक्री गर्दै आएको छ।

यही बीचमा कच्चा पदार्थलगायत खपत बढेर १ अर्ब १३ करोड रुपैयाँबाट रुपैयाँ पुगेको छ। यो भनेको उत्पादन वृद्धि हो। कर्मचारी खर्च ९ करोड ३९ लाखबाट बढेर १३ करोड ७८ लाख पुगेको छ। ब्याजदर बढेका कारण खोस्रो त्रैमासमा ८२ लाख रुपैयाँ भुक्तानी गरेको देखिएको छ।

कम्पनीसँग हाल १ अर्ब ४० करोड रुपैयाँ अधिकको सम्पत्ति छ। यस्तै, कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ छ भने ३ अर्ब ३३ करोड रुपैयाँ अवितरित मुनाफा छ।

पुस मसान्तसम्मको तथ्यांक अनुसार कम्पनीको प्रति सेयर आम्दानी ६०० रुपैयाँ छ। जुन पोहोर चैतमा ३३८ रुपैयाँ थियो। यस्तै, कम्पनीको प्रति सेयर नेटवर्थ पनि ३७२२ रुपैयाँ पुगेको छ।