अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक पुरुष समातिए

बिजमाण्डू
२०७९ माघ २७ गते १५:३० | Feb 10, 2023
अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक पुरुष समातिए

काठमाडौं। अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

Tata
GBIME

३ हजार ६ सय ४१ अमेरिकी डलर र कतारी रियाल १८ हजार ३ सय २४ सहित सिरहा नगरपालिका-१२ घर भएका ४० वर्षीय मोहम्मद अब्बास राइनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौंबाट दोहा जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा शरीर तलासी गर्ने क्रममा उनको साथबाट अवैध विदेशी मुद्रा फेला पारेको बताइएको छ। उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशला पठाइएको छ।