किसान लघुवित्तको घट्यो आम्दानी, खराब कर्जामा सामान्य सुधार भए पनि सञ्चालन नाफा ऋणात्मक

बिजमाण्डू
२०७९ माघ २४ गते १०:४७ | Feb 7, 2023
किसान लघुवित्तको घट्यो आम्दानी, खराब कर्जामा सामान्य सुधार भए पनि सञ्चालन नाफा ऋणात्मक



काठमाडौं। ब्याजदर बढेर सापटी महँगिएपछि किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको आम्दानी र नाफा ह्‍वात्तै खुम्चिएको छ। पुस मसान्तमा लघुवित्तको लागत १२.५५ प्रतिशत छ र कर्जा १४ देखि १४.८६ प्रतिशतमा प्रवाह गरिरहेको छ।

Tata
GBIME
Nepal Life

खराब कर्जामा पनि उल्लेख्य वृद्धि देखिन्छ। कर्जा जोखिम व्यवस्थापनको रकम बढेर ६ करोड रुपैयाँ नाघेको हो। निष्क्रिय कर्जाको अनुपात ४.९८ प्रतिशत पुगेको छ।

यस बीच लघुवित्त व्यवसायमा चर्किएको प्रतिष्पर्धाले थोक कर्जा प्रवाह गर्नेहरुलाई पनि असर गरेको कम्पनीले जनाएको छ। लघुवित्तको नाफा उल्लेख्य रूपमा घटेको छ। पोहोर पुसमा ४ करोड ५२ लाख रुपैयाँ कमाएको लघुवित्तले १५ लाख ८२ हजार रुपैयाँ मात्र कमाएको छ। प्रति सेयर आम्दानी ०.६७ रुपैयाँ मात्र छ।

पोहोर १७ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले यसपटक ११ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ। यस अवधिमा कर्जामा खासै वृद्धि पनि देखिदैन। उधारो रकम घटेको छ। निक्षेप भने सामान्य बढेको छ।

लघुवित्तको ४ करोड ४४ लाख रुपैयाँको खराब कर्जा उठ्दा यसले नाफामा केही टेवा दिएको हो। ४ करोड ५७ लाख रुपैयाँ अन्य स्रोतबाट कमएको छ। नभए खर्च नियन्त्रणमा कुनै चासो देखिँदैन। ११ करोड ४१ लाख रुपैयाँ ६ महिनामा कर्मचारीले बुझेका छन्। सञ्चालन खर्च पनि बढेको छ। 

प्रोभिजनिङ र सबै खर्च कटाउँदा सञ्चालन नाफा ४ करोड १९ लाख रुपैयाँ ऋणात्मक देखिन्छ।