
काठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजलको बिक्री मूल्यमा लिटरमा ३ रुपैयाँ बढाएको छ। निगमले सोमबार सूचना जारी गर्दै मूल्य बढाइएको जनाएको हो।
अब पेट्रोल लिटरको १७८ र डिजल लिटरको १७५ रुपैयाँ भएको छ।
पछिल्लो समय भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको थियो। पेट्रोल र डिजलमा प्रतिलिटर ८ रुपैयाँले मूल्य बढेर आएको थियो।
यसले १५ दिनमा ९ करोड रुपैयाँ घाटा हुने हिसाब आएपछि मूल्य बढाउन बाध्य भएको निगमको भनाइ छ। निगमले हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखेको छ।