
काठमाडौं। रवि लामिछानेलाई पुन: गृह मन्त्रालय दिने बारे विवादले गठबन्धन अस्थिरता तर्फ धकेलिएलगत्तै सेयर बजारका लगानीकर्तामा अन्योलता बढेको छ।
पछिल्ला कारोबारमा स्पष्ट संकेतसहित फराकिलो गिरावट लिइरेहको सेयर बजारमा पुन: अन्योलग्रस्त अवस्था पुगेको हो। सामान्य अंकले तलमाथि गरिरहेको परिसूचक बुधबार अन्त्यमा ५ अंक बढेर बन्द भएको छ। जसलाई लगानीकर्ताहरुले केही सकारात्मक संकेतको रुपमा बुझेको विश्लेषक बताउँछन्।
बजारमा उल्लेख्य उतारचढाव नहुँदा लगानीकर्ता निष्क्रिय छन्। कारोबार रकममा पनि ह्वात्तै कमी आएको छ। ३ अर्ब रुपैयाँ हाराहारी हुँदै गरेको सेयर कारोबार आज डेढ अर्बभन्दा केही बढी मात्र छ।
बुधबार आदर्श लघुवित्त वित्तीय संस्थामा सर्किट लागेको छ। बुधबार नेपाल बैंक, रिडी पावर, एनआइसी एशिया बैंक लगायतका कम्पनीहरुको कारोबार बढी भएको छ।