ओखलढुंगामा सडक निर्माण अलपत्र पार्ने पप्पु कोशी एण्ड न्यौपानेसँग ठेक्का तोडियो



२०७९ माघ १८ गते १२:१४
ओखलढुंगामा सडक निर्माण अलपत्र पार्ने पप्पु कोशी एण्ड न्यौपानेसँग ठेक्का तोडियो


काठमाडौं। सडकको काम अलपत्र पार्ने पप्पु कोशी एण्ड न्यौपाने जेभीसँग ठेक्का तोडिएको छ। सडक डिभिजन ओखलढुंगाले स्वर्ण सगरमाथा रिङ रोडको काम अलपत्र पारेको भन्दै पप्पु कोशी एण्ड न्यौपाने जेभीसँग ठेक्का तोडिएको जनाएको हो।  

Tata
GBIME

पप्पु कोशी एण्ड न्यौपाने सडक डिभिजन ओखलढुंगा बीच २०७४ असारमा खरिद सम्झौता भएको थियो। उक्त निर्माण कम्पनीले उक्त सडक निर्माणको काम तीन वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो। तर तीन पटकसम्म म्याद थप गर्दा पनि निर्माण कम्पनीले सडकको काम अलपत्र पारेको छ।

थपिएको म्याद पनि २०७८ चैतमा समाप्त भईसकेको छ। यस समय सीमाभित्र निर्माण व्यवसायीलाई लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न पटक/पटक डिभिजनले अनुरोध गरेको थियो। तर निर्माण व्यवसायीले त्यसको अटेर गर्दै आएको थियो।

यसैले ठेक्का तोडिएको सडक डिभिजन ओखलढुंगाले जनाएको छ।


Sunrise Bank