नबिल बैंकको संस्थापक सेयर ४५० रुपैयाँमै, एकमुस्ट डेढ लाख कित्ता किन्नेले पाउने



२०७९ माघ १७ गते ०९:५२
नबिल बैंकको संस्थापक सेयर ४५० रुपैयाँमै, एकमुस्ट डेढ लाख कित्ता किन्नेले पाउने


काठमाडौं। नबिल बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ। बैंकले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको एक लाख ५० हजार कित्ता सेयर बिक्री आह्‍वान गरेको हो।  

TATA
GBIME

बैंकले उक्त सेयर खरिदका लागि पहिलो प्राथामिकतामा संस्थापक सेयरधनीहरुलाई राखेको छ। यसअघि ३५ दिने म्यादसहित सूचना निकालेको थियो। तर म्याद नाघ्दा पनि आवेदन नपरेका कारण पुन ७ दिन म्यादसहित सूचना सार्वजनिक गरेको छ। 

खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ७ दिनभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ। सूचना सोमबार जारी भएको थियो। सेयरधनीले एकमुस्टरुपमा सेयर बिक्री गर्ने सर्त राखेका छन्। सेयरको अपेक्षित मूल्य ४५० रुपैयाँ तोकेको छ।

आवेदन फाराम बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंबाट प्राप्त गर्न तथा बुझाउन सकिने बैंकले जनाएको छ।


Sunrise Bank