
काठमाडौं। आम्दानी साँघुरिएको आशा लघुवित्तको नाफा ५८ प्रतिशत घटेको छ। लघुवित्तको बेस रेट १५.७५ प्रतिशत पुगेको छ।
पोहोर पुस मसान्तसम्म ८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आवको सोहि अवधिमा ३ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ।
लघुवित्तसँग २ करोड ८७ लाख रुपैयाँ वितरणयोग्य नाफा छ।
पुससम्म आइपुग्दा खुद ब्याज आम्दानी २४.३४ प्रतिशत खुम्चिएको हो। १३ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। पोहोर पुसमा १७ करोड ६३ लाख रुपैयाँ गरेको थियो।
उल्लेख्य वृद्धि भएको खराब कर्जाले गर्दा सञ्चालन मुनाफामा पनि ५८ प्रतिशतको गिरावट देखिन्छ। खराब कर्जा बढ्दा लघुवित्तले पुससम्म कर्जा जोखिम व्यवस्थापन बापत २ करोड ३१ लाख रुपैयाँ रकम छुट्याएको हो। पोहोर ७५ लाख रुपैयाँ मात्र थियो।
यस्तै ३.८५ प्रतिशत रहेको निष्कृय कर्जा ४.८२ प्रतिशत पुगेको छ।
सो अवधिमा लघुवित्तको प्रति सेयर आम्दानी २२.१३ रुपैयाँ छ। र प्रति सेयर नेटवर्थ १९७.८७ रुपैयाँ छ।