ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य ३५० रुपैयाँ

बिजमाण्डू
२०७९ माघ ११ गते ०९:२६ | Jan 25, 2023
ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य ३५० रुपैयाँ

काठमाडौं। ग्रामीण विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा आएको छ। प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टले आफ्नो स्वामित्वमा रहेको २३ हजार कित्ता सेयर बिक्री आव्हान गरेको हो।

Tata
GBIME
Nepal Life

सेयर बोलकबोलबाट बिक्री गर्ने कम्पनीले जनाएको छ। जो कोही व्यक्ति अथवा कम्पनीले सो सेयरका लागि आवेदन दिन सक्नेछन्। विद्यमान संस्थापकले पनि बोलकबोलमा भाग लिन सक्ने कम्पनीले जनाएको छ।

सेयरको न्यूनतम मूल्य प्रति कित्ता ३५० रुपैयाँ तोकिएको छ। अंकित मूल्य भन्दा कममा आवेदन दिन पाइनेछैन। यस्तै, न्यूनतम २ हजार कित्ताका लागि आवेदन दिनु पर्ने छ।

आजदेखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला गरेको हो। बोलकबोलमा माघ २० गतेसम्म आवेदन पेस गर्नु पर्नेछ। बोलपत्र फारम बैंकको बिक्री प्रबन्धक एनआईसी क्यापिटलबाट प्राप्त गर्न सकिनेछ।