शुभम् पावरको आइपीओमा माघ १८ बाट आवेदन, १ लाख ८० हजार कित्ता थपियो

बिजमाण्डू
२०७९ माघ १० गते ०९:४१ | Jan 24, 2023
शुभम् पावरको आइपीओमा माघ १८ बाट आवेदन, १ लाख ८० हजार कित्ता थपियो

काठमाडौं। शुभम् पावर लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा गएकालाई माघ १८ गतेबाट आइपीओ बिक्री गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

सर्वसाधारणलाई कुल ५ लाख ८० हजार ५८० कित्ता आइपीओ जारी हुँदैछ। यसको १० प्रतिशत वैदेशिक रोजगारीमा जाने पाउनेछन्। उनीहरुलाई कुल ५८ हजार ५८ कित्ता छुट्याएको छ।

न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तामा लागि आवेदन दिन सकिनेछ। आवेदन छिटोमा माघ २२ गते बन्द हुँदैछ। पर्याप्त आवेदन नआए फागुन ३ गतेसम्म लम्बिने जनाएको छ। 

आयोजना प्रभावितहरुले आरक्षित १ लाख ८० हजार ५ सय ८० कित्ता आइपीओमा आवेदन नदिएपछि सो सेयर पनि सर्वसाधारणको भागमा राखिएको जनाएको छ। यसअघि सर्वसाधारणको भागमा ४ लाख कित्ता छुट्याइएको थियो।