फोर्स मोटर्सले पोखरामा अन्तराष्ट्रिय स्तरको सर्भिस सेन्टर संचालनमा ल्यायो

बिजमाण्डू
२०७९ माघ ९ गते १५:२० | Jan 23, 2023
फोर्स मोटर्सले पोखरामा अन्तराष्ट्रिय स्तरको  सर्भिस सेन्टर संचालनमा ल्यायो


काठमाडौं। फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलले अन्तराष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको छ। आधुनिक सेवा सुविधा तथा पार्टपुर्जाहरुको सेवा दिनका लागि उक्त सर्भिस सेन्टर संचालनमा ल्याइएको कम्पनीले जनाएको छ।

Tata
GBIME
NLIC

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुबबहादुर थापा, फोर्स मोटर्सका अन्तराष्ट्रिय बिक्री प्रबन्धक सुनिल संकले सो सर्भिस सेन्टरको उद्घाटन गरे।

फोर्सका ग्राहकले उक्त सर्भिस सेन्टरमा अत्याधुनिक सेवा सुविधा सहित गाडी मर्मत गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उक्त सर्भिस सेन्टर करिब ७ रोपनी जग्गामा फैलिएको छ। गाडी बिक्रीपछिको स्पेयर पार्ट्स तथा सर्भिस सेन्टर एकै ठाउँबाट छिटो छरितो र आधुनिक सेवा दिने उदेश्य राखिएको आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक निरन के.सीले बताए।