स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने, न्यूनतम मूल्य ५५५

२०७९ माघ ५ गते १७:३९
स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने, न्यूनतम मूल्य ५५५


काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १ लाख कित्ता भन्दा बढी संस्थापक सेयर बोलकबोलमार्फत बिक्री गर्ने भएको छ।

TATA
GBIME

लघुवित्तले नबिल बैंकको नाममा रहेको १ लाख ५९ हजार कित्ता संस्थापक सेयर बोलबोल मार्फत बिक्री गर्ने भएको हो।

उक्त सेयर खरिद गर्न योग्य, इच्छुक विद्यमान संस्थापक लगानीकर्ता तथा जो कोही व्यक्ति वा नेपालमा दर्ता भएका कम्पनी, संघ, संस्थाले आवेदन दिन सक्नेछन्।

आवेदन माघ १० गतेबाट २४ गते सम्म बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमा पुग्ने गरि पेस गर्नुपर्ने छ।

विद्यमान संस्थापकलाई प्राथामिकतामा राखेर लघुवित्तले पटकपटक लिलामीको सूचना प्रकाशित गरिसकेको हुँदा संस्थापक सेयरधनीहरुका लागि छुट्टै ३५ दिने सूचना प्रकाशित नगरिएको जनाएको छ।

सेयरको न्यूनतम मूल्य प्रति कित्ता ५५५ रुपैयाँ तोकिएको छ। आवेदकले सो मूल्य भन्दा बढी मूल्य अंकित गरि बोलकबोल गर्नुपर्ने छ।

सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्ने छ भने अधिकतमका लागि कुनै हद लाग्ने छैन्।


Sunrise Bank