
काठमाडौं। सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आजबाट सेयर निष्काशन गरेको छ।
कम्पनीले पहिलो चरणमा स्थानीय प्रभावित र बैदेशिक रोजगारीमा गएकाहरुलाई सेयर जारी गरेको छ। यसपछि आम सर्वसाधारणलाई सेयर निष्काशन गर्ने छ।
कम्पनीको जारी पुँजी ३ अर्ब ३३ करोड रुपैयाँ छ। यसको १० प्रतिशत सेयर स्थानीय प्रभावितलाई बिक्री खुला गरिएको छ।
कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिन्छ।