यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना, विस्तृत विवरण आउन बाँकी

बिजमाण्डू
२०७९ माघ १ गते ११:३० | Jan 15, 2023
यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना, विस्तृत विवरण आउन बाँकी


काठमाडौं। यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनामा परेको छ। पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती खोंचमा खसेको हो।

Tata
GBIME
NLIC

विमानमा आगलागी भएको छ। हेलिकोप्टरमार्फत आगो निभाउने प्रयास भइरहेको छ भने एम्बुलेन्स र दमकल पनिसँग पुगेका छन्।

जहाजमा ६८ जना यात्रु छन्।

९ एन-एएनसी कलसाइनको जहाज विहान १०.३३ बजे काठमाडौबाट पोखरा उडान गरेको थियो। कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दुर्घटनास्थलमा सुरक्षाकर्मी पुग्दैछन्।

दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।