हर्नको दुरुपयोग रोक्न ट्राफिकको विशेष चेकिङ, १०७ चालक कारवाहीमा

बिजमाण्डू
२०७९ पुष २६ गते ०९:२४ | Jan 10, 2023
हर्नको दुरुपयोग रोक्न ट्राफिकको विशेष चेकिङ, १०७ चालक कारवाहीमा

काठमाडौं। काठमाडौं उपत्यकामा हर्नको दुरुपयोग रोक्न ट्राफिक प्रहरीले विशेष चेकिङ थालेको छ। यसै क्रममा सोमबार हर्न बजाएर ध्वनि प्रदुषण गरेको भन्दै एकसय ७ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

पछिल्लो समयमा हर्नको दुरुपयोग निकै बढेको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले बताए।

वि सं २०७४ बैशाख १ गतेदेखि नै काठमाडौं उपत्यकामा हर्न निषेध गरिएपनि पछिल्लो समय हर्नको दुरुपयोग निकै बढेको उनको भनाई छ।

ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गई हृदयघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा समेत कमी आउने समस्या हुन्छ।

बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई यसको असर बढी हुने भएकाले अत्यावश्यक अवस्थामा बाहेक हर्न नबजाउन ट्राफिक प्रहरीले चालकहरुलाई आग्रह गर्दै आएको छ।