चौधरी समूहको सिजी ल्यान्डमार्कको कारोबार सवा १२ करोड, कोरोनापछि कारोबार सुधारिँदै

बिजमाण्डू
२०७९ पुष २१ गते १२:४१ | Jan 5, 2023
चौधरी समूहको सिजी ल्यान्डमार्कको कारोबार सवा १२ करोड, कोरोनापछि कारोबार सुधारिँदै


काठमाडौं। चौधरी समूहले चितवनमा संचालन गरिरहेको व्यापारिक मल सिजी ल्यान्डमार्कको कारोबार बढेको छ। २०२१/२२ मा सिजी ल्यान्डमार्क निर्माण गरेको होटल चितवन प्रालिले १२ करोड १४ लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ।

Tata
GBIME
NLIC

४८ कोठासहितको तीन तारे होटल, ७० वटा रिटेल स्टोर र मल्टिप्लेक्स रहेको यो मलमा निर्वाण कुमार चौधरीको ५३.३ प्रतिशत, सारिका चौधरीको ६.५ प्रतिशत र अपोलो क्यापिटल इन्भेष्टमेन्ट प्रालि (यसअघि अपोलो स्टिल्स इन्डस्ट्रिज प्रालि) को ४०.२ प्रतिशत सेयर स्वामित्व छ।

होटल चितवन प्रालिले सिजी ल्यान्डमार्कमा द फर्न रेसिडेन्सी ब्राण्डमा होटल संचालन गरिरहेको छ। २०२१/२२ मा कम्पनीले मलबाट ४४ प्रतिशत र होटलबाट ४३ प्रतिशत आम्दानी गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ। कम्पनीले अन्य आम्दानी भने कमन एरिया मर्मत शुल्क, विज्ञापनलगायतबाट गरेको छ।

मलको बिल्ट अप एरिया १ लाख ८० हजार वर्गफिट छ। कम्पनीले ९७ करोड ६५ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पुन:पुष्टि गरेको छ। ९६ करोड ६१ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एल डबल बी माइनस र १ करोड ४० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एफोर रेटिङ इक्रा नेपालबाट पुन:पुष्टि गराएको छ।