कर्पोरेटमा बसेर राम्रो काम गरेका संस्था र व्यक्तिलाई सम्मान गर्न अवार्ड, १४ गते आयोजना हुने

बिजमाण्डू
२०७९ पुष ७ गते १६:०३ | Dec 22, 2022
कर्पोरेटमा बसेर राम्रो काम गरेका संस्था र व्यक्तिलाई सम्मान गर्न अवार्ड, १४ गते आयोजना हुने


काठमाडौं। कर्पोरेट क्लब नेपालले कर्पोरेट क्षेत्रका गतिविधि र प्रक्रियाहरुलाई प्रोत्साहन गर्न 'द अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स' र समाजलाई प्रेरणादायक सेवा दिनेलाई प्रोत्साहन गर्न 'द अवार्ड्स फर डिस्टिङगुइस्ट सर्भिस' को दोस्रो संस्करण आयोजना गर्ने भएको छ।

Tata
GBIME

कम्पनीले कर्पोरेटको विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गर्ने छ। अर्को अवार्डबाट भने समाजलाई नि:स्वार्थ भावनाका साथ सेवा प्रदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गरिने छ। यी अवार्डहरु आयोजना गर्नुको उद्देश्य नीति, कार्यक्रम र कार्यदक्षताको पहिचान गर्नु रहेको आयोजक संस्थाका अध्यक्ष मोहन ओझाले बताए।

उनले सामाजिक तथा व्यवसायिक उत्तरदायित्व र योगदानको पहिचान गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए। 'कुनै पनि प्रकारका अवार्ड कार्यक्रम संस्थाहरुको कार्यक्षमता अनुमोदन गर्न र सम्मान गरिने व्यक्ति तथा संस्थाहरुलाई अझै राम्रो गर्नको लागि प्रोत्साहन गर्नका लागि नै गरिन्छ,' उनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, 'यो विश्वास र उद्देश्यका साथ कर्पोरेट क्लब नेपालले विगत लामो समयदेखि यो कार्यक्रमको योजनामा काम गरिरहेको थियो र यसपाली दोस्रो संस्करण आयोजना गर्न लागिएको हो।'

कार्यक्रम पुस १४ गते सोल्टीमा हुने छ। कार्यक्रमका लागि पाँच महिना अगाडिदेखि नै नेपाली समाजका बौद्धिक तथा विभिन्न निजी सरकारी र शैक्षिक क्षेत्रमा रही समाजलाई योगदान गरेका सात जनाको निर्णायक मण्डल गठन गरिएको थियो।

निर्णायक मण्डलका पटक पटक बसिएका बैठकहरुले अवार्डको क्षेत्र निर्धारण गरेको छ। विभिन्न विधाहरु परिभाषित गर्नुका साथै भएकोलाई परिष्कृत गर्दै इन्ष्टिच्युसनल एक्सिलेन्स क्याटोगोरीमा १६ ओटा, इन्डिभिजुअल एक्सिलेन्स क्याटोगोरीमा दुई वटा, इन्ष्टिच्युसनल डिस्टिङस्ट क्याटोगोरीमा २ ओटा, इन्ष्टिच्युसनल डिस्टिङस्ट क्याटोगोरीमा एउटा र इन्ष्टिच्युसनल बिल्डलरमा एउटा गरी जम्मा २२ ओटा विधामा अवार्ड प्रदान गरिँदै छ।

अवार्डको लागि विभिन्न व्यक्ति तथा संस्थाहरुको जानकारी संकलनका लागि छुट्टै रिसर्च कम्पनीलाई आउटसोर्स गरिएको थियो जसले सिधै निर्णायक मण्डल लाई तथ्यांक उपलब्ध गराउने काम गरेको थियो।

त्यसपछि रिसर्च कम्पनीबाट प्राप्त सूचनाका आधारमा निर्णायक मण्डलद्वारा तयार पारिएको रेटिङ स्केलमा सबै निर्णायक मण्डलले गरेका नम्बरिङको आधारमा विजेता छानिने छ।