इनड्राइभले नेपालमा कानुनी रुपमा दर्ताको प्रक्रिया थाल्यो, दर्ता गर्न ढिलाइ गरिएको आरोप

बिजमाण्डू
२०७९ पुष ७ गते ११:२३ | Dec 22, 2022
इनड्राइभले नेपालमा कानुनी रुपमा दर्ताको प्रक्रिया थाल्यो, दर्ता गर्न ढिलाइ गरिएको आरोप


काठमाडौं। इनड्राइभले नेपालमा कानुन रुपमा दर्ताको प्रक्रिया थालेको छ। पछिल्लो समय कम्पनीले नेपालमा कानुनी रुपमा दर्ता नगरी सेवा प्रदान गर्दै आएकोमा आलोचना हुन थालेपछि इन्ड्राइभले दर्ताको प्रक्रिया थालेको जनाएको छ।

Tata
GBIME

कम्पनीले नेपालमा सेवा सुचारु गरेदेखि पूर्ण रूपमा नियम कानून पालना गर्न सक्दो प्रयास गरिरहेका दाबी गरेको छ।

इनड्राइभले सन् २०१९ देखि नै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन बमोजिम नेपालमा कानुनीरुपमा संस्था दर्ता गराउने प्रक्रियामा रहेको जनाएको छ। कम्पनीले २०२२ सेप्टेम्बरमा विदेशी लगानी आवेदन उद्योग विभागमा बुझाइ सकेको जानकारी दिएको छ। तर संस्था दर्ता प्रक्रियाले अपेक्षा गरेभन्दा बढी समय लिइरहेको कम्पनीको भनाइ छ।

चालकबाट कुनै कमिसन नलिएको कम्पनीले जनाएको छ। यसबाहेक इनड्राइभले स्थानीय ड्राइभरहरूका लागि थप आम्दानीका अवसरहरू सृजना गरेर स्थानीय अर्थव्यवस्थालाई बढावा दिन मद्दत गरिरहेको कम्पनीको जिकिर छ।

इनड्राइभले सुरक्षाको मामलामा सबैभन्दा धैरै प्राथमिकतामा राखेको जनाएको छ।