ट्‍वीटरका पूर्व कर्मचारीले गरे कम्पनीविरुद्ध उजुरी, ‘जागिरबाट निकाल्दा महिलालाई टार्गेट’

बिजमाण्डू
२०७९ पुष ६ गते १३:१६ | Dec 21, 2022
ट्‍वीटरका पूर्व कर्मचारीले गरे कम्पनीविरुद्ध उजुरी, ‘जागिरबाट निकाल्दा महिलालाई टार्गेट’


काठमाडौं। सामाजिक सञ्जाल ट्‍वीटरको कम्पनीविरुद्ध १०० जनाभन्दा बढी पूर्व कर्मचारीले विभिन्न कानुन उल्लंघन गरेको आरोप लगाएका छन्।

Tata
GBIME

कम्पनी खरिद गरेको दुई महिना पनि नबित्दै इलन मस्कले थुप्रै कर्मचारीलाई कामबाट निष्कासन गरिसकेका छन्। निष्कासन गर्दा मुख्यत: महिलाहरुलाई टारगेट गरिएको र क्षतिपूर्ति नदिएको आरोप लगाएका छन्। 

क्यालिफोर्नियाको संघीय अदालतमा विचाराधीन चार वर्गीय कारबाही मुद्दाहरूमा समान दाबी गर्ने ट्‍वीटरविरुद्ध मध्यस्थताका लागि १०० मागहरू पेस गरेको पूर्व कर्मचारीहरुका तर्फकी वकिल श्यानन लिस-रियोर्डनले बताइन्।

'कर्मचारीहरुले कम्पनीका विरुद्ध कानुनी विवाद अदालतमा सुल्झाउनुको सट्टा मध्यस्थताको माध्यमबाट सुल्झाउन सम्झौतामा हस्ताक्षर गरेका छन्,' उनले भनिन्। 

मस्कले ट्‍वीटर खरिद गरेदेखि करिब ३ हजार ७ सयजना कर्मचारी कटौती गर्न नाममा निकालिसकेका छन्। त्यसपछि सयौंले राजीनामा दिएका छन्।

मध्यस्थताको मागले ट्‍वीटरलाई लैंगिक भेदभाव, सम्झौताको उल्लंघन र गैरकानुनी रुपमा कर्मचारीहरुलाई बर्खास्त गरेको लगायतको आरोप लगाएका थिए।

हाल यस विषयमा मस्क तथा ट्‍वीटरले कुनै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ।

लिस रियोर्डनका अनुसार उनको फर्मले सयौं अन्य पूर्व ट्‍वीटर कर्मचारीहरूसँग कुरा गरेर उनीहरूको तर्फबाट मध्यस्थतामा थप कानुनी दाबीहरू फाइल गर्नेछ।

‘मस्कले ट्‍वीटर प्रमुखको पदभार ग्रहण गरेदेखि नै कम्पनीको आचरण निकै भयावह छ, र हामी कर्मचारीहरूको अधिकार जोगाउन सबै उपायहरू पछ्याउनेछौं,' उनले भनिन्।

अदालतमा ट्‍वीटरविरुद्धको पेन्डिङ क्लास एक्सन मुद्दाहरूले कर्मचारी बर्खास्त गर्नुअघि ६० दिनको पूर्व सूचना दिनुपर्ने नियमको उल्लंघन गरेको दाबी गरेको छ। त्यस्तै, असमानतापूर्वक महिलाहरूलाई कामबाट निकालिएको र घरैबाट कामबाट अनुमति दिन अस्वीकार गरेर अपांगता भएका कामदारहरूलाई जबर्जस्ती निकालिएको आरोप पनि लागेको छ।

यस बाहेक, ट्‍वीटर माथि कम्तीमा तीन वटा मुद्दाहरु अमेरिकी लेबर बोर्डमा पनि दायर भएको छ। कम्पनीले अग्रिम सूचना आवश्यक पर्ने कानुनको उल्लंघन गर्न अस्वीकार गरेको छ भने अझै अन्य दाबीहरूको जवाफ दिएको छैन। (रोयटर्सबाट साभार)