गाडी, मदिरा, मोबाइल र १५० सीसीमाथिका बाइकमा लगाएको प्रतिबन्ध खुलाउने सरकारको निर्णय



बिजमाण्डू
२०७९ मंसिर २० गते १८:५९ | Dec 6, 2022

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले गाडी, मदिरा, मोबाइल र १५० सीसीमाथिका बाइकमा लगाएको प्रतिबन्ध खुलाउने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ती सामाग्रीको आयातमा लाग्दै आएको प्रतिबन्ध पुसदेखि लागु हुने गरी खुला गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले जनाएको छ। आयात प्रतिबन्ध खुला भएको सूचना राजपत्रमा छापिने छ। राजपत्रमा प्रकाशित भएपछि व्यवसायीले एलसी खोल्न सक्छन्।

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले वैशाख मध्यदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो। तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाए पनि बाँकी ४  वस्तुहरुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको थियो।

अब भने सरकारले पुषदेखि सबै प्रकारका निजी चार पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय अमेरिकी डलरमाथिका मोबाइल फोन आयात गर्न पाइने छ।

यस्तै नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले मुख्य सचिवले आफूहरुलाई आयात प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएको बताए। 'हामीलाई मुख्य सचिवले गाडीहरुको आयात प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएका छन्,' उनले भने।