
काठमाडौं। स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) द्वारा संचालित स्मार्ट क्युआरमा आबद्ध मर्चेन्टहरूलाई 'एम डबली' मार्फत भुक्तानी गर्न सकिने भएको छ।
इन्फो डेभलपरद्वारा संचालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैंकिङ सेवा हो।
हाल १ सय ७० भन्दा धेरै सहकारीमा संचालनमा ल्याइएको एम डबलीमा स्मार्ट क्युआर सेवा सुरु गरिएको छ।
हाल आर्जन बचत तथा ऋण सहकारीका एम डबली प्रयोगकर्ताले यो सुविधा लिन सक्नेछन भने छिट्टै नै अरू सदस्य सहकारीहरूमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए।
भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगायतका १ लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरु आबद्ध स्मार्ट क्युआर नेटवर्कमा हालसम्म बैंक तथा वालेटहरु मात्र आबद्ध थिए। अबदेखि एम डबलीमार्फत सहकारीका सदस्यहरुले पनि यो सुविधाबाट लाभ लिन सक्ने एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले बताए।
यो सेवा संचालन गर्नका लागि इच्छुक सहकारीहरूले स्मार्ट च्वाइस टेक्नोलोजिज वा इन्फो डेभलपरमा सिधैं सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ।