रूसले सोभियत युगको कार मोस्कभिच पुनर्जीवित गर्दै, अर्को महिनादेखि बिक्री थाल्ने

बिजमाण्डू
२०७९ मंसिर ८ गते ११:३६ | Nov 24, 2022
रूसले सोभियत युगको कार मोस्कभिच पुनर्जीवित गर्दै, अर्को महिनादेखि बिक्री थाल्ने

काठमाडौं। रूसले सोभियत युगको कार ब्रान्ड मोस्कभिचलाई फेरी पुनर्जीवित गर्ने भएको छ। युक्रेन आक्रमणपछि सरकारले नियन्त्रणमा लिएको रसियाको पुरानो रेनो कारखानामा यो कार उत्पादन सुरु गरिएको हो।

Tata
GBIME
Nepal Life

यो गाडी बनाइरहेको कामजले पहिलो कार अर्को महिना बिक्रीमा जाने बताएको छ। यसले सोभियत युगको मोस्कभिच ब्रान्डलाई पुनर्जीवित गरिरहेको छ। तर कारको डिजाइन भने नयाँ रुपमा अपडेट गरिएको छ।

कामाज जसले जुलाईमा प्लान्टको प्राविधिक साझेदार हुन सम्झौतामा हस्ताक्षर गरेको थियो। रुसले हाल चिनियाँ कार निर्माता जेएसीसँग काम गरिरहेको छ।

कामजले समयसँगै रूसी आपूर्तिकर्ताहरूको आधार निर्माण गर्ने अपेक्षा गरेको छ। तर उत्पादन सीमित हुनेछ।

कामजले यो वर्षको अन्त्यसम्ममा करिब ६०० कार उत्पादन गर्ने छ। कम्पनीले २०२४ मासम्ममा १ लाख युनिट सवारी साधन उत्पादन गर्ने जनाएको छ। जसमध्ये केही इलेक्ट्रिक हुनेछन्।

समग्रमा रुसमा अहिले कार उत्पादन घटेको छ। रूसको आधुनिक इतिहासमा पहिलो पटक १० लाख युनिटभन्दा कम प्यासेन्जर भेहिकल बिक्री भएका छन्।