सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश वितरण नगर्ने, जगेडा कोषमा राख्ने

बिजमाण्डू
२०७९ असोज ११ गते ११:०४ | Sep 27, 2022
सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश वितरण नगर्ने, जगेडा कोषमा राख्ने



काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

सूर्या र ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता भएकाले लाभांश वितरण नगर्ने भएको कम्पनीले जनाएको छ।

कम्पनीको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७७ / ७८ मा वितरण योग्य मुनाफा वितरण नगरी  जगेडा कोषमा राख्ने निर्णय भएको कम्पनीले जनाएको छ।

 ज्योती लाइफसँग मर्जरमा गएको सूर्या लाइफको एकीकृत कारोबार कात्तिकबाट हुँदैछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोड

र ज्योति लाइफको २ अर्ब ४२ करोड रुपैयाँ छ। मर्जरपछि दुई कम्पनीको चुक्ता पुँजी ४ अर्ब ९७ करोड  हुनेछ ।