भारतमा फोन गर्न एनसेलले ल्यायो तीनवटा भ्वाइस प्याक, ५५ रुपैयाँमा १५ मिनेट टकटाइम

बिजमाण्डू
२०७९ असोज ६ गते १७:१२ | Sep 22, 2022


काठमाडौं। एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्छन्। एनसेल आजियाटाले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ। 

Tata
GBIME
Nepal Life

यी प्याकहरु शुक्रबारदेखि लागु हुने कम्पनीले जनाएको छ। एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले यी भ्वाइस प्याकहरुको प्रयोगबाट फाइदा लिन सक्नेछन्। भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन, ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारु गर्न सक्ने बताइएको छ। 

१ दिनको भ्वाइस प्याक अन्तर्गत ग्राहकले करसहित मात्र ५५ रुपैयाँमा भारत कल गर्नका लागि १५ मिनेट टकटाइम पाउँछन्। त्यस्तै ७ दिने भ्वाइस प्याकअन्तर्गत ग्राहकले २४९ रुपैयाँमा भारत कल गर्नका लागि ७० मिनेट टकटाइम पाउने एनसेलले जनाएको छ।

आफ्नो आवश्यकता अनुसार बढी समयावधि चाहिने ग्राहकहरुले २१५ मिनेट टकटाइम रहेको भ्वाइस प्याक करसहित मात्र ७४९ रुपैयाँमा सुचारु गरी भारत कल गर्न सक्ने बताइएको छ। 

ग्राहकले *१७११८*७# डायल गरी निर्देशन अनुसार आवश्यकता अनुरुप भ्वाइस प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ। त्यस्तै ग्राहकले एनसेलको मोबाइल एप, वेबसाइट र आधिकारिक खुद्रा बिक्रेताहरुमार्फत यी भ्वाइस प्याकहरु सुचारु गर्न सक्ने बताइएको छ।