टाटाको हालसम्मकै सस्तो इभी १२ दिनपछि सार्वजनिक हुँदै, एक पटकको फुल चार्जमा २१३ किमि चल्ने



२०७९ भदौ ३१ गते ०९:५७

काठमाडौं। टाटा मोटर्स इन्डियाले आफ्नो विद्युतीय गाडीको लाइन-अपमा ह्याचब्याक कार टियागो मोडललाई १२ दिनपछि सार्वजनिक गर्ने भएको छ। कम्पनीले यही सेप्टेम्बरको २८ मा टाटाको हालसम्मकै सस्तो इभी सार्वजनिक गर्न लागेको जनाएको हो।

Tata
GBIME

यस गाडीको इभी अवधारणा २०१८ को अटो एक्स्पोमा नै सार्वजनिक गरिएको थियो। सोही बमोजिम कम्पनीले यसको उत्पादन थालेको हो।

कम्पनीका अनुसार यो गाडीमा दुई वटा ब्याट्री प्याकको विकल्प दिइने छ। जसमा एउटा १६.५ किलोवाट क्षमताको हुने र यसले एक पटकको फुल चार्जमा १६५ किलोमिटर दुरी पार गर्न सकिन्छ। यस्तै अर्को २१.५ किलोवाट क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा २१३ किलोमिटर कुदाउन सकिने कम्पनीले जनाएको छ।

यसको मूल्य १० लाख भारु हुने अनुमान गरिएको छ। हाल नेपालमा उपलब्ध इन्धन भर्सन टियागोको मूल्य भेरियन्ट अनुसार २४ लाखदेखि ३२ लाख रुपैयाँसम्म मात्र छ। यसको पनि यसै हाराहारीमा रहेर बिक्री हुने अनुमान गरिएको छ।

कम्पनीले यसलाई सबै भन्दा सस्तो इभी हुने बताएको छ। यसको मूल्य पनि सोही समय तोकिने कम्पनीले जनाएको छ।

टाटाको विद्युतीय गाडीको लाइन-अपमा १० वटा मोडल छन्। यसमा टियागो टाटाको तेस्रो विद्युतीय गाडी हो। यी सबै लाइन-अपहरु २०२६ सम्ममा ल्याउने टाटाको तयारी छ।