राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शेखर बराल, चार वर्षलाई नियुक्त

बिजमाण्डू
२०७९ भदौ २३ गते १४:२६ | Sep 8, 2022
राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शेखर बराल, चार वर्षलाई नियुक्त

काठमाडौं। राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शेखर बराल नियुक्त भएका छन्। बराललाई चार वर्षको लागि नियुक्त गरिएको छ।

Tata
GBIME
Nepal Life

खुल्ला प्रतिस्पर्धाबाट उनी छनोट भएका हुन्। कम्पनीको सीइओको लागि ३ जनाको आवेदन परेको थियो। सरकारी निर्जीवन बीमा कम्पनीको सीइओमा नियुक्त भएका बरालसँग इन्स्योरेन्स र बैंकिङ क्षेत्रमा लामो अनुभव छ।

यसअघि बराल लुम्बिनी जनरल इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए। साथै उनले स्टयाण्डर्ड चार्टर्ड बैंकमा समेत काम गरेको अनुभव छ। झापा घर भएका बरालले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन्। 

यसअघि राष्ट्रिय बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्रराज ओझा थिए। अर्थमन्त्रालयमा उपसचिव रहेका ओझालाई कम्पनीमा नियुक्त गरेको ६ महिनामा हटाएर बराललाई नियुक्त गरेको हो।