वरुण हाइड्रोपावरको शत प्रतिशत हकप्रद आजबाट, चुक्ता पुँजी करिब २७ करोडले वृद्धि हुने

बिजमाण्डू
२०७९ भदौ ६ गते ०८:४४ | Aug 22, 2022

काठमाडौं। वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आजबाट आफ्ना सेयरधनीलाई हकप्रद सेयर जारी गरेको छ। हाइड्रोपावरले १ः१ को अनुपातमा हकप्रद जारी गरेको हो। 

Tata
GBIME
NLIC

कम्पनीले २६ करोड ७९ हजार ७ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्दैछ। यो भनेको २६ लाख ७९ हजार ७५ कित्ता हो। हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड छ। 

कम्पनीको २०७३ असार २० मा सम्पन्न विशेष साधारण सभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो। यस्तै उक्त प्रस्तावलाई गत पुस २९ मा भएको १८औं वार्षिक साधारण सभाबाट पनि निरन्तरता दिइएको थियो। 

हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ छ। हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख १४ हजार ५०० पुग्ने छ। सेयर भदौ २६ गेतसम्म जारी गरिने छ।