माछापुच्छ्रे बैंकले धादिङको सिम्लेमा खोल्यो शाखा, धादिङमा मात्रै बैंकको शाखा ४ पुग्यो

बिजमाण्डू
२०७९ असार १७ गते १६:२५ | Jul 1, 2022
माछापुच्छ्रे बैंकले धादिङको सिम्लेमा खोल्यो शाखा, धादिङमा मात्रै बैंकको शाखा ४ पुग्यो

काठमाडौं। माछापुच्छ्रे बैंकले धादिङको सिम्लेमा नयाँ शाखा खोलेको छ। यो शाखासँगै धादिङमा मात्रै बैंकका चार वटा शाखा पुगेको छ।

Tata
GBIME

नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव विश्व अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले संयुक्त रुपमा उद्घाटन गरे।

बैंकको सातै प्रदेशमा १ सय ६५ शाखा पुगेको छ भने १६६ वटा शाखारहित बैंकिङ सेवा छ। बैंकका १३ लाख भन्दा बढी ग्राहक छन्।